बारा १४ मंसिर
राष्ट्रिय गौरबका आयोजना कार्यान्वन गराउन,बिकास निर्माण लगाएत जनताका समस्या समाधानका लागी तिनै तहको सरकारलाइ दबाब दिने उद्धेश्यका साथ नेकपाका युवा नेता मनोज पौडेलको संयोजकत्वमा उपमहानगर स्तरिय जीतपुरसिमरा सार्वजनिक सरोकार समिति गठन गरीएको छ । आज सिमरामा सम्पन्न एक भेलाले सो समिती गठन गरेको हो ।
समितिको सदस्यहरुमा छबिलाल शर्मा,कर्ण थापा,रमेस सापकोटा, पेशल मुल्मी,राजुराज गिरी,नारायण प्रसाद घिमिरे, बिदुर खडका रहनुभएको छ ।
सरोकार समितीले राष्ट्रिय गौरबका आयोजना सिध्र कायान्वन र समय मै सम्पन्न गराउन दवाव दिइने,जितपुर सिमरामा बढदै गइरहेको प्रदुषण अन्त्यका लागि सम्बन्धित निकायलाई घच घचाउने संयोजक पौडेलले जानकारी दिनु भयो । स्थानिय स्तरका जनताका समस्या उठठान गरी समाधानका लागि तिनै तहको सरकारलाइ दवाव दिइने उहांको भनाई छ । त्यसैगरी सरोकार समितीले भ्रष्टाचार बेथिती र अनियमितता बिरुद्ध अभियान सन्चालन गर्नुका साथै अ ब्यवस्थित बसोवास लाई ब्यवस्थित गर्न दवाव दिइनुका साथै एैलानि,सार्वजनिक जग्गाको संरक्षणका लागि अभियान चलाइने संयोजक पौडेलले जानकारी दिनु भयो ।