गढिमाइ मेला भर्न आएका एकको टेक्टरले किचेर मृत्यु

२०७६ मंसिर १७, मंगलबार प्रकाशित

बारा १७ मंसिर :

गढीमाई दर्शन गर्न आएका एक दर्शनार्थीको ट्रयाक्टरले किचेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर–५ का ६० बर्षिय राजा राय रहेको बारा प्रहरीले जनाएको छ ।गढीमाईको मन्दिर नजिकैको उत्तरपट्टीको पाकिङ्गस्थलमा मंगलवार विहान १ बजे स परिवार सुति रहेको अवस्थामा नम्बर समेत नपाएको अनटेष्ट बलवान ट्रयाक्टले रायलाई किचेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।
मृत्तक रायको शव परीक्षण गर्न गएराती नै जिल्ला अस्पताल कलैयामा ल्याइएको तथा ट्रयाक्टर प्रहरी नियन्त्रणमा रहेको बारा प्रहरीले जनाएको छ ।
यसैगरी दुई दिनअधि गढीमाईको मेला हेरेर घर फक्रिने क्रममा भारतीय नम्बर प्लेटको मोटरसाईल अनियन्त्रित भई बारा जिल्लाको सुर्वण गाउँपालिका वडा नम्बर–४ हर्दिया निवासी २० बर्षिय बृजप्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

Write your Comment