बारा २० मंसिर
नेकपाका नेता तथा साबिक भवानिपुरजितपुर गाबिसका उपाध्यक्ष जमुना चौधरीको श्रदान्जली सभा बकुलियामा सम्पन्न भएको छ । २०५४सालको स्थानिय निर्वाचनमा नेकपा एमालेको टिकट बाट उपाध्यक्षमा निर्वाचीत चौधरी लामो समय समाज सेवा सर्मपीत रहदै आउनु भएको थियो । चौधरीको यही मंसिर ७ गते मधुमेह तथा मृगौला रोगका कारण निधन भएको थियो । पुर्व गाबिस उपाअध्यक्ष चौधरीको १३ औ दिनको पुण्यतिथीको अवसरमा नेकपाले जिपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ को बकुलीयामा श्रदान्जली सभाको आयोजना गरेको हो । सभामा नेकपाका केन्द्रिय सदस्य गोपाल ठाकुर,दिनेस राई,पुर्व खेलकुद मन्त्रि पुर्षोत्तम पौडेल,नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ,नेकपाका नेताहरु राजन पौडेल,देवनारायण चौधरी,मनोज पौडेल,राम राज धामि,जिपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देबि चौधरी,भोजपुरी आसुकवी हृदयनारायण चौधरी,राधाकृष्ण चौधरी लगायतले जमुना चौधरीले समाजमा पुरयाएको योगदानको चर्चा गर्नुृ भएको थियो । वडा नम्बर ५ का अध्यक्ष मोहित चौधरीको सहजिकरण र कृष्ण चौधरीको सभापतित्वमा सम्पन्न श्रदान्जली कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्यहरु बिजय यादब,खेलकुद महासंघ क्षेत्र नम्बर ४ का अध्यक्ष मनोज साह,जितपुरसिमरा उपमहानगरपालिका वडा अध्यक्षहरु सुदन दास,बिनोद यादब,कमला चैेधरी,पुर्व वडा अध्यक्ष हरीद्धार महत्तो,महिन्द्र चौधरी,बकुलिय बिध्यालका अध्यक्ष हरी नारायण चौधरी,प्रार्चाय किसोरी यादब,कलेज प्रमुख जयमंगल यादब,सिता उप्रेती,गंगा पटेल,कुन्दन चौधरी लगायतको उपस्थिती रहेको थियो ।