पौडेल र सिटौला समूहद्वारा काङ्ग्रेसको केन्द्रीय समिति बैठक बहिस्कार

२०७६ मंसिर २६, बिहिबार प्रकाशित

काठमाडौं २६ मंसिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले महाधिवेशनलाइ एजेण्डा बनाउन नमानेपछि रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको छ ।

बैठकका लागि नेताहरु केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । तर महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन पार्टी सभापति शेरबहादुर देउवा सहमत नभएपछी सो समूहले बैठक बहिस्कार गरेको हो ।

Write your Comment