नारायणगढ २७ मंसिर
चितवनको रत्ननगर नगरपालिका–२ टाँडीस्थित राजमार्गमा बस पल्टिँदा १७ जना घाइते भएका छन्। बाराको कलैयाबाट काठमाडौंतर्फ गइरहेको ना ७ ख ४७५५ नम्बरको बस बिहीबार राति दुर्घटना भएको हो। ४२ जना यात्रु रहेको बस सहचालक २६ वर्षीय क्षितिज तामाङले चलाएको प्रहरीले जनाएको छ। सहचालक तामाङ फरार रहेका छन्। दुर्घटनामा घाइतेमध्ये बाराको कलैया उपमहानगरपालिका –२ का ३५ वर्षीय गौरीशंकर यादव, २१ का २४ वर्षीय रामबाबु यादव, महागढीमाइ नगरपालिका–१ का ४४ वर्षीय मनोज शाह र भारत मोतिहारीका १८ वर्षीय खुसीलाल यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। सामान्य घाइते भएका अन्यको भने टाँडीको बकुल्लर सरकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।




दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)


