नेकपा र राजपा बिच दुइ बुदे सहमति

२ पुष २०७६, बुधबार २०:२८ प्रकाशित

काठमाडौं २ पौष 

सत्तारुढ दल नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेताबीच बालुवाटारमा बुधबार भएको बैठकमा दुई बुँदे सहमति भएको छ।

बैठकले प्रदेश २ मा माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा भागबन्डा गरेका छन्। जस अनुसार नेकपाले दुई र राजपाले दुई जना पाउने गरि सहमति गरेका छन्। पुरुष समूह, अपांगता भएका व्यक्ति, अल्पसंख्यकबाट राजपाले उम्मेदवारी दिने र उनीहरुलाई नेकपाले सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ। त्यस्तै महिला र दलित पुरुषबाट नेकपाका उम्मेदवारलाई राजपाले सहयोग गर्ने सहमति भएको छ । प्रदेश २ मा चार पदका लागि निर्वाचन हुँदैछ।

२ पुष २०७६, बुधबार २०:२८  मा प्रकाशित

Write your Comment