२४ जिल्ला प्रहरी प्रमुखको सरुवा प्रदेस ट्रफिक प्रहरी कार्यालय पथलैयामा आए श्याम कुमार महत्तो ( सूचीसहित )

४ पुष २०७६, शुक्रबार १८:०९ प्रकाशित

काठमाडौं ४ पुस
प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरेको छ। सरुवा सुची अनुसार प्रदेस ट्र«ाफिक प्रहरी कार्यालय प्रदेस नम्बर २ पथलैयाको प्रमुखमा श्याम कुमार महत्तो लाई र जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तको सरुवा भएको छ । महत्तो यस अधि महानगरीय पहरी अन्वेशण शाखा रानी पोखरीमा कार्यरत थिए ।

त्यसैगरी चितवनका एसपी दानबहादुर मल्ललाई अन्तर्रा्ष्ट्रिय बिमानस्थल सुरक्षा गार्डमा सरुवा भएको छ भने बिमानस्थल सुरक्षा गार्डका कृष्ण कोइरालाको झापा प्रहरी प्रमुखमा सरुवा भएको छ।

त्यस्तै धनुषामा रमेशकुमार बस्नेत, कंचनपुरमा मुकुन्द मरासनी र रौतहटमा रवीराज खड्काको सरुबा भएको छ। अपराध महाशाखाका एसपी सुशिलसिंह राठौर मकवानपुर पुगेका छन् भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ ।

४ पुष २०७६, शुक्रबार १८:०९  मा प्रकाशित

Write your Comment