बाराको औराहामा निशुल्क आयुर्बेद स्वास्थ्य शिबिर शुरु

५ पुष २०७६, शनिबार ११:३३ प्रकाशित

बारा ५ पौष 

जितपुर सिमरा वडा नम्बर ४ को औरहामा एकदिने निशुल्क आयुर्वेद स्वास्थ्य शिबिर शुरु भएको छ । औराहा उपभोक्ता सहकारी सस्था लिको आयोजना र उज्जवल आयुर्बेद फर्मा,सिमराको प्राविधिक सहयोगमा निशुल्क आयुर्वेद स्वास्थ्य शिबिर शुभएको हो । शिबिरको उद्घाटन प्रदेस शभा सदस्य सुन्दर बिकले गर्नु भएको थियो । उद्घाटन समाहरोहलाइ सम्बोधन गर्दै बिकले यस्ता शिबिरबाट नागरिकले फाइदा लिनु पर्ने बताउनु भयो । उहाले सबैखालका रोगहरुको समय मै ध्यान पुर्याए निर्मुल गर्न सकिने स्पष्ट पर्नु भयो । कार्यक्रममा बोल्दै वडा नम्बर ४ का अध्यक्ष इस्वर के सिले औराहमा औराहा सबैखालका स्वास्थ्य गर्न पाउनु भाग्यको कुरा भएको भन्दै खुसी व्यक्त गर्नु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपाका नेता तथा जितपुरसिमरा सार्बजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले राज्यले नागरिकाका न्युनतमआवस्यकतास्वास्थ्य,शिक्षा,सुरक्षा र रोजगरिका बारेमा बिशेष योजना बनाएर लाग्नु पर्नेमा जोड दिनु भयो । औराहा उपभोक्ता सहकारी सस्थाका अध्यक्ष पुर्ण चन्द्र तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वड सदस्य अभिताब चौधरी,बिध्यालयका अध्यक्ष श्याम भट्ट, हातेमालोका दिपक भट्ट,घण्टीमाइका टोया लुइटेल,कृषि सहकारिका मदन क्षेत्री,शिक्षक धन प्रसाद बजगाइ लगायतले सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । आज बेलुकी ४ बजे सम्म शिबिरमा चेक जाच गर्नुका साथै निशुल्क औशधिको समेत ब्याबस्था गरिएको छ ।

५ पुष २०७६, शनिबार ११:३३  मा प्रकाशित

Write your Comment