सिमरामा रहेको जनकल्याण साकोसको १७ साधारणसभा सम्पन्न

५ पुष २०७६, शनिबार १५:५८ प्रकाशित

बारा ५ पौष 
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको जनकल्याण बचत तथा रिण सहकारी सस्था लि को १७ औ साधारणसभा सिमरामा सम्पन्न भएको छ । सभाको उद्घाटन पर्सा रास्टृय निकुन्ज आधाबारका प्रमुख अमिर महर्जनले उद्घाटन गर्नु भएको थियो । उद्घाटन समाहरोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी महर्जन निकुन्जको तर्फबाट सकारिलाइ पुर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो । त्यसैगरी मध्यबर्ती सामुदायिक बन समितिका अध्यक्ष पदम तितुङले सबैको सहयोग बाट सहकारी सन्स्थाको प्रगति भेको प्रती खुसी व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै जनजित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठले सहकारिले बचत तथा रिणका साथै कृषि तथा पशुको क्षेत्रमा पनि लगानि गरेको प्रती धन्यवाद व्यक्त गर्नु भयो । त्यसैगरी सभालाइ सम्बोधन गर्दै जितपुरसिमरा सार्बजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले राज्यको तिन खम्बे अर्थनिती अन्तरगत रहेको सहकारिले नागरिकको आर्थिक उपार्जन,कृषी र पशुमा लगानी समृद्धिको दिसामा अघिबडी रहेको प्रती खुसी व्यक्त गर्नु भयो । सन्स्थाका अध्यक्ष मधुसूदन सिटौलाको सभपतित्वमा सम्पन्न साधारणसभामा जनकल्याणका बरिस्ठ सल्लाहकार मुकुन्द बहादुर क्षेत्री, भिमेस्वर बन समुहका अध्यक्ष पेसल मुल्मी,सिमरा कलेजका प्रमुख सालिकराम अधिकारी,सङालो सकोसका रत्न उप्रेती,सिमरा कलेजका अध्यक्ष मदन बहादु क्षेत्री,राधाकृष्ण बनका चोला बहादुर पन्डितलगाएतले साधारणसभा सफलतको शुभकामना व्यक्त गर्नु भएको थियो । कमला घिमिरेको स्वागत र कृष्ण सिग्देलको सहजिकरणमा सम्पन्न सभाले रिक्त सन्चालक समितिको सचिबमा भरत भुर्तेललाइ चयन गरेको छ । सहकारिले यस आर्थिक बर्षमा २८ लाख५० हजार ८२ रुपैया नाफा गरेको सन्स्थाका कोषाध्यक्ष कृष्ण रिमालले जानकारी दिनु भयो ।
पदभार ग्रहण गर्दै नब निर्वाचीत सचिब भुर्तेल

५ पुष २०७६, शनिबार १५:५८  मा प्रकाशित

Write your Comment