पुष्पराज खतिवडा
बारा १५ पौष
जीतपुरसिमर उपमहानगरपालिका १८ कुस्माडी निवासी पूर्व जनप्रतिनीधि शिव बहादुर पौडेल मंगलबार विहान निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संगठित सदस्य एवं साविक मनहर्वा गाविस वडा नं.९का अध्यक्ष समेत रहेका ५२ बर्षिय पौडेलको मुटुमा समस्या भई निधन भएको हो ।
स्वर्गीय पौडल २०४९ र ०५४मा गरी दुई पटक साविक मनहर्वा गाविसको वडा नंं९को वडाअध्यक्ष पदमा निर्वाचित पूर्व जनप्रतिनीधि हुन । प्रेसर र सुगर रोगबाट ग्रसित पौडेल सामाजिक काममा सक्रिय रहँदै आएका थिए । विरामी भएकै साँझ पौने ८ बजे सम्म आफ्नो गाउँमा स्थापित दुधडेरी ब्यवस्थापन गर्ने विषयको छलफल रहेका थिए, स्थानिय वडा सदस्य कुमार लामाले बताए ।
गाउँ समाजका लागि आफ्नो शरिरको समेत पर्वाह नगरि लाग्ने कुशल अभिभावक गुमाउँदा सिंगो मनहर्वा स्तब्ध भएको वडा नं.१८ का अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए ।
गत सुक्रबार रातीबाट अचानक सहन नसक्ने गरी छाती पोल्यो भन्दै छटपटाउन थालेपछी उपचारका लागि विरगजं लगिएको थियो । विरगजंमा उपचार संभव नदेखिएपछी हेलीकप्टरबाट शनिबार काठमाण्डौं स्थीत ग्राण्डी अस्पताल पु¥याईएको थियो । उपचार असंभव भएपछी सोमबार साँझ अस्पतालन राती घर ल्याईएकोमा मंगलबार विहान ५ बजे उनको निधन भएको मृतकका भान्जा विनोद घिमिरेले बताए ।
पौडेलको स्थानिय पसाह खोलामा पार्टीको सम्मान सहित झण्डा ओडाएर अन्तष्टी गरिएको छ । अन्त्यष्ठीमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम् पौडेल, प्रधानमन्त्रीका पूर्व सल्लाहकार अच्युत मैनाली, केन्द्रिय सदस्य दिनेश राई,प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, जिल्ला ईन्चार्ज बल विर प्रसाद चौधरी, सह ईन्चार्ज एवं प्रदेशसभा सदस्य ज्वाला कुमारी साह, सह ईन्चार्ज गोपाल ठाकुरलगाएतको उपस्थिति रहेकोथियो। त्यस्तै नेकपा बाराका जिल्ला अध्यक्ष क्षेत्रबहादु श्रेष्ठ(अनील) , जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण कृष्ण पौडेल , नेकपा नेता राजन पौडेल,मनोज पौडेल,धुर्ब यादव,कृष्ण खनाल, केदार बजागाइ,अमृत शर्मालगायत सयौं स्थानिय नेता कार्यकर्ता एवं शुभचिन्तकहरुको उल्लेखिय उपस्थिती थियो ।
पौडेलका पत्नी २ छोरा र १ छोरी छन् ।