गुरुङ समुदायको पर्ब तमु ल्होसार बिभिन्न कार्यक्रम गरि मनाइदै

१५ पुष २०७६, मंगलवार १९:०२ प्रकाशित

बारा १५ पौष 
गुरुङ समुदायको चाड तमु ल्होसार आज देशै भरी बिभिन्न कार्यक्रम गरि मनाइएको छ । ल्होसारको अबसरमा बाराको अमलेखगञ्जमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै प्रदेस सभा सदस्य सिता गुरुङले गुरुङ समुदायको पर्बको दिनपनी सरकारले सार्बजनिक बिदा नदिएको प्रती दुख व्यक्त गर्नु भयो । कार्यक्रममा पूर्व मन्त्री पुरुषोत्तम् पौडेल, प्रधानमन्त्रीका पूर्व सल्लाहकार अच्युत मैनाली, नेेेकपाका केन्द्रिय सदस्य दिनेश राई,प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, गोपाल ठाकुरलगाएतको उपस्थिति रहेकोथियो। त्यस्तै नेकपा बाराका जिल्ला अध्यक्ष क्षेत्रबहादु श्रेष्ठ(अनील),नेकपाका नेता राजन पौडेल,मनोज पौडेल,कृष्ण खनाल,भरत भण्डारी,वडा नम्बर २१ का अध्यक्ष कृष्ण शाहि केन्द्र गुरुङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नरेस गुरुङको सभापतित्व र सुबास श्रेष्ठको सहजीकरणमा सम्पन्न भएको थियो ।

१५ पुष २०७६, मंगलवार १९:०२  मा प्रकाशित

Write your Comment