बारा १६ पौष
कलैया उपमहानगरपालिका वडा नम्बर २६ महेसपुरका असाहय,दलित,गरीब र एकल महिलाहरुलाई आज कम्बल बितरण गरिएको छ । पुर्ब मन्त्री पुर्षोत्तम पौडेल सहितको टोलिले असाहय,दलित,गरीब,एकल महिलाहरुलाइ कम्बल बितरण गरेको हो । सो कार्यक्रममा बोल्दै पुर्ब मन्त्री पुर्षोत्तम पौडेलले कुनै पनि सहयोग सानो नहुने भएकोले अप्ठारोमा गरीने सहयोग नै महान भएको बताउनु भयो । असाहयलाई गरीने सहयोग नै मानबिय सहयोग भएको उहांको भनाइ थियो । नेकपाका नेता समेत रहेका पुर्व मन्त्रि पौडेलले समृद्ध नेपाल निर्माणका लागि जनताका न्युनतम आवश्यकता गांसवास कपास,स्वास्थ्य शिक्षा र सुरक्षाको ग्यारेन्टी सरकारले गर्नु पर्ने उहांको भनाइ थियो ।
नेकपाका नेता एबम जितपुरसिमरा सार्बजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले एक छाक खाने,आंग डाक्ने सहज स्वास्थ्य र शिक्षाको नागरीकको पहुचमा न भए सम्म मुलुक समृद्ध हुन न सक्ने दाबी गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेकपाका नेता देव नारायण चौधरीले असाहयलाई सहयोग गर्न पाउनु आफनो लागी भाग्यको कुरा भएको बताउनु भयो ।
क्याल ग्रुपका सत्यनारायण क्यालको सहयोगमा र नेकपा महेसपुरको आयोजनामा भएको कम्बल बितरण कार्यक्रम बिक्रम ठाकुरको सभापतित्व र रामनिबास पटेलको सहजिकरण र श्यामबाबु यादबको स्वागतमा सम्पन्न भएको थियो । सो अबसर ५० परिवारलाई कम्बल बितरण गरिएको थियो ।