बिरगंज नापी कार्यालयका अमिन ७५ हजार घुस सहित पक्राउ

२१ पुष २०७६, सोमबार २२:०० प्रकाशित

वीरगन्ज २१ पौष 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटा टोलीले वीरगन्जको नापी कार्यालयबाट ७५ हजार रुपैयाँ घुस सहित नापी सर्वेक्षक अर्थात अमिनलाइ पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोलीले पर्साको वीरगन्ज ९ रानीघाटस्थित नापी कार्यालयमा छापामारी गरि अमिन रामनरेश पासवानलाई घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको हो।

अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईको नेतृत्वमा रहेको अख्तियारको टोलीले नापी सर्वेक्षक पासवानलाई सेवाग्राहीको सूचना आधारमा पक्राउ गरेको हो। अख्तियारको टोलीले वीरगन्जकार्यालय अन्तरगतको २ नम्बर नापी टोलीको कार्यालयमा छापामारेको थियो।

अख्तियारको टोलीका अनुसार पक्राउ परेका सर्वेक्षक पासवानले कार्यालय समयपछि साँझ सेवाग्राहीलाई बोलाएर घुसको रकम लिएका थिए। सोहीक्रममा उनलाई रङ्गे हात पक्राउ गरिएको बताइएको छ।

घुस रकमसहित पासवानलाई आवश्यक कारबाहीको लागि सर्जमिन मुचुल्कापछि आयोगको कार्यालय हेटौंडा लगिएको छ ।

२१ पुष २०७६, सोमबार २२:००  मा प्रकाशित

Write your Comment