प्रदेस नम्बर ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने प्रस्ताब दुइ तिहाइ मतले पारित

२७ पुष २०७६, आईतवार २०:३२ प्रकाशित

हेटौँडा २७ पौष 

प्रदेस नम्बर ३ को राजधानी हेटौँडा र नामकरण बागमती रहने भएको छ । आइतबार प्रदेशसभा हेटौँडामा बसेको बैठकबाट प्रदेशको राजधानी मकवानपुरको हेटौँडा र नामकरण बागमती रहने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । नेकपा सचिवालयको बैठकले राजधानी हेटौंडा र नाम बागमती राख्न व्हिप जारी गरेपछी सो बिषयले प्रदेस सभामा प्रबेश पाएको हो । प्रदेश राजधानीबारे भएको मतदानमा मकवानपुरको हेटौँडाको पक्षमा १०५ मत खसेको थियो भने विपक्षमा ३ मत खसेको थियो । यसअघि काभ्रेको धुलेखेलका लागि भएको मतदानमा काभ्रेको पक्षमा ३ मत र विपक्षमा १०१ मत परेको थियो भने काभ्रेका प्रत्यक्ष निर्वाचित सांसद बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, रत्न ढकाल र चन्द्र लामा गरी ४ सांसद तटस्थ बसेका थिए । बागमति नामकरणको पक्षमा १०८ मत नै खसेको थियो । सबैको साझा सहमतिमा राजधानी र नामकरणको टुंगो लागेको मूख्यमन्त्री डोरमणी पौडेलको भनाई छ । ‘राजधानी हेटौँडा र नामकरण बागमति कायम हुनु खुशीको कुरा हो प्रदेस सभा सदस्य मुुुनु सिग्देलले भन्नु भयो ।
प्रदेशसभा संचालन भएको दुई बर्षपछि राजधानी र नामकरणको टुंगो लाग्नु सबैको गौरबको विषय बनेको सांसदहरुको भनाई छ । यसअघि अस्थायी मनस्थितिमा रहेको सरकार, कर्मचारी र सांसदहरुले विकासको स्थायी खाका बनाउन सहज भएको उनीहरुको भनाई छ ।
प्रदेशसभामा ११० सांसद रहेकोमा सभामुख सानुकुमार श्रेष्ठसहित १०९ जना उपस्थित रहेका थिए भने मत विभाजनका क्रममा बराबर भएमात्रै सभामुखले मत जाहेर गर्ने संवैधानिक व्यवस्थाका कारण श्रेष्ठ भने मतदानमा सहभागी भएन । स्वतन्त्र सांसद प्रेम तामाङ भने संसदमै उपस्थित भएनन् ।

२७ पुष २०७६, आईतवार २०:३२  मा प्रकाशित

Write your Comment