बाराको अमलेखगञ्जमा मनकामना सहकारीको कार्यालय उद्घाटन

३ माघ २०७६, शुक्रबार ११:५४ प्रकाशित

बारा ३ माघ
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिकाे नयाँ कार्यालयको एक समाहरोहका बिच उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन प्रदेस सभाका सदस्य सुन्दर बि.क.ले गर्नु भएको थियो । सो अबसर बोल्दै बिकले सहकारीले समाजको आर्थिक समृद्धिका लागी महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउनु भयो । त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेस सभा सदस्य सीता गुरूङले सबै मिलेर अघि बढे मुलुक आर्थिकरुपमा अघि बडने स्पष्ट पार्नु भयो । उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपाका नेता मनाेज पाैडेलले मुलुक तिन खम्बे अर्थनितीमा चलेको उल्लेख गर्दै गरिबिनिवारण्का लागी सहकारिको महत्त्वपूर्ण भुमिका रहेकोमा जोड दिनु भयो । कार्यक्रममा गोपाल घलान,बिकास साह,बिस्वास साहलगायतको सहभागीता रहेको थियो ।सस्थाका अध्यक्ष सुबास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुबास श्रेष्ठले सन्चालन गर्नु भएको थियो ।

३ माघ २०७६, शुक्रबार ११:५४  मा प्रकाशित

Write your Comment