सिस्नेरी  दक्षिणकाली सडक खण्ड अवरुद्ध

२०७६ माघ ३, शुक्रबार प्रकाशित

हेटौंडा ३ माघ

सिस्नेरी  दक्षिणकाली सडक खण्ड अवरुद्ध भएको छ।

शुक्रबार बिहान देखि परेको पानीका कारण सडक खण्ड अन्तर्गत काठमाडाैं तर्फको दक्षिणकाली मन्दिर नजिक पहिरो गएकोले उक्त मार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बाटो अवरुद्ध भएसँगै काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा तर्फ आउने सवारी बिच बाटोमै रोकिएको प्रहरीले जनाएको छ।बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Write your Comment