भक्तलालकी ट्युमर पीडितलाइ आर्थिक सहयोग

५ माघ २०७६, आईतवार १३:१८ प्रकाशित

निजगढ १३ भक्तलालको घोरे घारी बस्ने ट्युमर रोगी सुनमाया थापालाई युथ अफ निजगढले १११११ नगद सहयोग प्रदान गरेको छ।समाज सेवि युवा नेता तिलक घलानले स्थानिय ट्युमर पिडित सुनमायाको दर्दानक अवस्था देखेपछी पिडितको उपचार गराउन विभिन्न बाटोहरु खिजिने क्रम्मा पहिलोपटक युथ अफ निजगढ समक्ष सहयोग गर्न आग्रह गर्नु भएको थियो।सो अनुरुप नगद सहयोग प्रदान गर्नु भएको हो।अझ धेरै रकमको आवश्यकता पर्ने अन्य कुनै कुनै पनि सहयोगी दाताहरुलाई पनि सहयोग गर्न नेता घलानले आग्रह गर्नु भएको छ।कार्यक्रम सस्थाको अध्यक्ष श्री गङ्गा जोशी को अध्यक्षतामा भएको थियो भने कार्यक्रम सस्थाको महासचिव ईराज कोईराला सल्लाहकार भाईकाजी श्रेष्ठ वडा न १३ का वडा अध्यक्ष सुर्य घलान कार्यपालिका सदस्य पवन बिक लगाएत सस्थाको अन्य पदाधिकारीहरुको समेत सहभागी रहेको थियो।कार्यक्रममा अध्यक्ष जोशिले यो हाम्रो सानो सहयोगबाट पीडितलाई रहात हुने र अन्य सस्थालाईपनी सहयोग गर्न आग्रह गर्नु भएकोथियो।

५ माघ २०७६, आईतवार १३:१८  मा प्रकाशित

Write your Comment