केहि ब्यक्तिहरुले बिभिन्न भ्रम छर्न खोजे पछि नेकपाका नेता तथा पुर्ब मन्त्री पुर्षोत्तम पौडेलले ललिता निवास सङ जोडिएर आएको आएको आफनो नाम र थर सङ मिल्दो नाम सग आफ्नो कुनै सरोकार न भएको बताउनु भएको छ । उहाले त्यसमा भ्रममा न पर्न सबैलाइ आग्रह समेत गर्नु भएको छ । उहाले यस्तो जारी गरि सो स्पष्ट पार्नु भएको हो ।
भ्रम र यथार्थ :
हुन त मेरो नामका मानीसहरू हजारौ छन यस संसारमा ! मेरो थर संग मिल्ने व्यक्तिहरू पनी सयौ होलान ! नाम-थर मिल्ने वित्तिकै मैले केही वोली हाल्नु या प्रतीकृया दिई हाल्नु पर्ने आवस्यकता त थिएन ! तर कहिले काही आफु भन्दा लाखौ कोश टाढाको विषय र शन्दर्भमा पनी केही भन्दिनु पर्ने वाद्यता आई लाग्दो रहेछ ! अहिले मलाई त्यस्तै मेरो कल्पना भन्दा वाहीर कहि परको विषयमा केही वोल्दिनु पर्ने भएको छ !
कुरा वालुवाटारको अरे ! वालुवाटार संग कोनी को को जोडिएका छन अरे ! त्यो सवै मलाई थाहा छैन ! अझ ललिता निवासको जग्गाको शन्दर्भ अरे ! ललिता निवासको जग्गाको शन्दर्भ संग जोडेर कुनै स्वनाम धन्य अन लाईन पत्रीकाले वतन नभएको पुरूषोत्तम पौडेलको नाम पनी गाँसेर समाचार वनाएको रहेछ अरे ! मैले चाही अहिले सम्म पढेको छैन ! त्यस्तै नेकपा विप्लव नामको पार्टीले पनि पर्चा छापेको रहेछ अरे ! त्यो पनि मैले पढेको छैन !
दुई दिन अगाडी काठमाडौं वाट मेरा एकजना शुभचिन्तक ले फोन गर्नु भयो ! होईन एउटा अनलाईन पत्रीकाले वालुटारको जग्गा संग तपाईको पनि नाम जोडेर लेखेछ ! कुरा के हो भन्नु भयो ? मैले भने मित्र तपाईलाई थाहा छैन र मेरो वारेमा ! वहाले तैपनी सोधेको भन्नु भो ! कुरा सकियो ! यसको भोली पल्ट वारा जील्लाकै एक पटक मलाई भोट हालेका मित्रले आफुलाई लागेको लेखेर स्टाटसनै हाल्नु भएछ ! त्यो पढेपछि अरू शुभचिन्तक हरूको फोन मतिर सोझिन थाल्यो ! केहीले विप्लवको पर्चा पनी पढ्नु भएछ ! त्यस पछि त झन डराएर म तिर फोनको ओईरो लाग्न थाल्यो !
नबिराउनु नडराउनु भन्ने विचार लिएको मान्छे हो म ! लुटेर धनि हुनु र ठगेर खानु अपराध हो भन्ने विचार लिएको मान्छे हु म ! मेरो राजनितिक जीवनले चालीस वर्ष पार गरि सक्यो ! म २०४३ मै जनपक्षीय प्रधान पंच भएको मान्छे हु ! २०५१ सालमै प्रतिनिधि सभामा जितेर आएको मान्छे थिए ! २०७० सालमा संविधान सभा सदस्य भएर मन्त्री पनि भैसकेको मान्छे हु ! मैले कमाउने, लुट्ने र ठगेर जमाउने उदेश्य कहिल्यै राखिन ! मेरो वारेमा जानकार मान्छेहरूलाई राम्ररी थाहा छ ! म त्यस्तो वालुटार ललिता निवासको जस्तो ठगीको जमिनमा जोडिने मान्छे किन्चीत पनी होईन ! तर पनी किन हो केही मान्छे हरू अलीकती भएपनी भ्रम छर्न सकिन्छ कि भनेर लागी परेको देखीन्छ !
आज भन्दा एक वर्ष अघि वालुटार ललिता निवास प्रकरण चर्चामा आएको वेलामा पनी वाराकै एउटा मानिसले मेरो नाम त्यसमा जोडेर वदनाम गर्ने कोशिस गरेको थियो ! मैले वास्ता गरिन ! अहिले फेरी केही मानीसहरूले मेरो नाम संग खेल्ने र दुनियालाई भ्रमित गर्ने प्रयास गरेको देखीन्छ ! यो सरासर झुट र खेदजनक प्रयास वाहेक केही होईन !
कसैले कुनै कुरा लेख्दा तथ्य हेर्नु पर्दछ ! डकुमेण्ट हेर्नु पर्दछ ! नाम र वतन हुन्छ ! त्यो हेर्नु पर्दछ ! केही पनि नहेरी लेखी दिने काम राम्रो होईन ! अध्ययन नगरी वोली दिने अनी एउटा सिदा-सादा मान्छेलाई वालुटार संग जोडिदिने काम झन राम्रो होईन ! गजव छ वा ! कसरी सक्छ हो सामान्य मान्छेले त्यत्रो वालुवाटारको जमिनमा प्रवेश गर्न !
आजका मिती सम्म काठमाण्डौ भ्यालीको छेउ कुना मा एक रोपनी होईन एक आना मात्र जमिन मेरो नाममा छैन ! भेटियो भने भेट्टाउने लाई नै दान गर्न म तयार छु ! कहा मेरो नाम वालुवाटार संग जोडेको होला ! त्यो पनी मुलुकका नामी नामी नव धनाढ्यहरू सामेल प्लटिङ संग ! हैट चिन्नु न जान्नु घॅचेटी माग्नु भने जस्तो !
जहा सम्म मेरो कुरा छ ! २०५१ सालमा सवै सांसद हरूलाई सुविधा वढाउदा विरोध गर्ने मान्छे हु म ! त्यो वेलामा सरकारले गाडी सुविधाको नाममा सांसद हरूलाई ५\७ लाख कमाई दिने व्यवस्था गरेको थियो ! त्यो गाडी सुविधा समेत वहिस्कार गर्ने १७ भाई सांसद मध्येको एक सांसद हु म ! सांसदहरू मार्फत विकाशका नाममा वाडिने रकमको समेत २०५१\०५२ सालमै विपक्षमा उभिने मान्छे हु म ! त्यो बालुवाटारको जुठो पुरोमा राल काढेर जोडिन जाने तल्लो दर्जाको मानिस कहिल्यै थिईन र म आज पनि छैन !
यो पुरूषोत्तम पौडेल जो वारा जिल्लावाट दुई दुई पटक जनताको मत पाएर गरिमामय संसदमा पुग्यो ! मुलुकको संविधान सभाको सदस्य भयो ! देशको कार्यकारी अंग मन्त्रीपरिषदको सदस्य भयो ! अहिले पनि जनताको काममा छ ! निष्ठाको राजनिती गरेर आएको मानिस हो ! विचारको राजनिती गरेर आएको मानिस हो ! सिध्दान्तको राजनिती गरेर आएको मानीस हो ! जुन दिन सम्म राजनितीमा रहन्छ त्यस दिन सम्म आफ्नो विचार, सिध्दान्त र निष्ठामा दाया वांया गर्दैन ! जनताका पक्षमा त्यसै अनुसार अटल भएर काम गरि रहन्छ ! जवसम्म वाचिन्छ कर्ममा विश्वास गरेर स्वाभीमान भएर वाचिन्छ ! कतै पनि निहीत स्वार्थमा नाच्न जांईदैन ! सवैलाई चेतना भया !!!