बारा १५ माघ
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा आजदेखि श्रीमद््भागवत सप्ताह पितृमुक्ति ज्ञान महायज्ञ शुरु भएको छ । गढिमाई तथा सिद्धेश्वर महादेव वन वाटिका सेवा समितिको आयोजनामा सिमरास्थित सम्झौटा टोलमा आजदेखि महायज्ञ शुरु भएको हो । महायज्ञको बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर ब. बिश्वकर्माले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बिश्वकर्माले महायज्ञ सफल्ताको कामना गर्नुभयो । महायज्ञ सफल बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशसभा सदस्य बिश्वकर्माले सबैलाई सहयोगको निम्ति अपिलसमेत गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शोभा लामाले पर्यटन प्रवद्र्धन गर्न आयोजित महायज्ञलाई सबैले सफल बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य सिता गुरुङ्ग, जीतपुरसिमरा उपमहानगरपालिकाकी उप प्रमुख सरस्वती देवी चौधरी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष क्षेत्र ब. श्रेष्ठ अनिल, नेकपाका नेताहरु राजन पौडेल, मनोज पौडेल, कृष्ण खनाल, वडा नम्बर २ का वडा अध्यक्ष तिलक ब श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष जगन्नाथ घिमिरे, कार्यपालिका सदस्य शोभा कार्की, शुभद्रा न्यौपाने, वडा सदस्यहरु रामचन्द्र अधिकारी, डि.बि श्रेष्ठ, चिनिमाया परियार पुर्णचन्द्र तिमल्सिना, प्रमुख बाचक सुदर्शन चालिसे, उप बाचक चन्द्रीका चालिसे, अध्यात्म कल्याणकारिणी समाज नेपालका अध्यक्ष श्रीराम खड्का, सह संयोजक चन्द्रप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो । महायज्ञ मुल आयोजक समारोह समितिका संयोजक अमृतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदिप गौतमले गर्नुभएको थियो । उद्घाटन कार्यक्रमअघि महायज्ञ स्थलबाट कलश यात्रा निकालिएको थियो । महायज्ञस्थलबाट निकालिएको कलश यात्राले सिमरा बजार परिक्रमा गरेको थियो ।
माघ २२ सम्म महायज्ञ
सिमराको सम्झौता टोलमा रहेको गढिमाई तथा सिद्धेश्वर महादेव मन्दिरको प्राङ्गणमा हुने महायज्ञ माघ २२ गतेसम्म चल्नेछ । महायज्ञमा युवा पण्डित सुदर्शन चालिसेले कथा वाचन गर्नुहुनेछ । महायज्ञलाई सफल बनाउन अमृतलाल श्रेष्ठको संयोजकत्वमा र चन्द्रप्रसाद आचायस रहेको१५१ सदस्यि मुल आयोजक समारोह समित गठन गरिएको छ । मुल समारोह समितिमा अतिथि सत्कार, प्रचार प्रसार, मण्डप व्यवस्थापन, भान्छा व्यवस्थापन, आर्थिक व्यवस्थापन, आर्थिक व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन र मिडिया व्यवस्थापन उप समिति रहेको छ । मन्दिर आसपासको क्ष्ँेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ मुल आयोजक समारोह समितिका संयोजक अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । महायज्ञको अध्यात्म कल्याणकारी समाज नेपालले संयोजन गरेको छ । महायज्ञमा प्रत्यक दिन पुजन हवन पाठपारायण, कथा वाचन, महात्म्य कथा, भजन कीर्तन, झाकी प्रदर्शन गरिने संयोजक श्रेष्ठले जानकारी दिनुभयो । महायज्ञको २१ गते तिलार्चन तथा लाखबत्ती प्रज्वलन तथा माघ २२ गते पुर्णहुती तथा यज्ञ विसर्जन गरिने आयोजकले जनाएको छ । महायज्ञमा ब्रतबन्ध, तुलादान, पञ्चमीब्रत, जग्गादान, अन्नदान, पितृको फोटो राख्ने व्यवस्था आदी गर्न सकिने महायज्ञ मुल आयोजक समारोह समितिका सह संयोजक चन्द्रप्रसाद आचाय बताउनुभयो । साथै वस्तुको मुल्यांकन अनुसार सम्मान गर्ने कार्यक्रमपनि रहेको उहाले जानकारी दिनुभयो ।