नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्न प्रस्ताव

१५ माघ २०७६, बुधबार १९:४६ प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव गरिएको छ । नेकपा केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको हो ।

यस्तै २०७७ भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ । जारी केन्द्रीय समिति बैठकले अध्यक्षद्वयको प्रस्ताव जस्ताको तस्तै पारित गरे ०७७ चैत २५ देखि ३० गते पार्टीको राष्ट्रिय महाधिवेशन हुनेछ ।

प्रतिवेदनमाथि छलफल गर्न १५ वटा समूह निर्माण गरी सामूहिक सामूहिक छलफल गराइनेछ छ । छलफलबाट निस्केको निष्कर्षलाई टोली प्रमुखले बैठकमा प्रस्तुत गर्ने नेकपा केन्द्रीय सदस्य दिनेश कुमार राईले जानकारी दिनुभयो ।

१५ माघ २०७६, बुधबार १९:४६  मा प्रकाशित

Write your Comment