नेकपाको उपाध्यक्ष वामदेव गौतम

१९ माघ २०७६, आईतवार १७:५५ प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष भएका छन् ।

आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन्।

यसअघि गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।

केन्द्रीय सदस्यसमेत रहेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा केन्द्रीय कमिटीबाट संगठानात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको जानकारी दिए।

‘कमरेड वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको छ,’ थापाले भनेका छन्।

यसैबीच सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरूको सम्पत्ति छानविन हुने भएको छ।

केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले नेताको सम्पत्ति छानविन हुनु पर्ने माग गरेपछि अनुशासन समितिलाई छानविनको जिम्मा दिइएको छ।

आइतबार केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन समितिलाई सम्पत्ति छानविन गर्ने अधिकार दिइएको जानकारी गराएका छन्।

१९ माघ २०७६, आईतवार १७:५५  मा प्रकाशित

Write your Comment