आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

२०७६ माघ २४, शुक्रबार प्रकाशित

बिरगंज २४ माघ

जनकपुर उच्च अदालतको वीरगञ्ज इलजासले पूर्वमन्त्री मोहमद आफताव आलमलाई पूर्पक्षमा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।

जनकपुर उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन थारुको संयुक्त इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

आलमले थुनामा राखेर अनुसन्धान गर्न रौतहट जिल्ला अदालतले दिएको आदेशविरूद्ध उच्च अदालत जनकपुरमा निवेदन दिएका थिए ।

२७ चैत ०६४ को संविधानसभा चुनावकाे समयमा उनकाे घरमा बम बनाउँदै गर्दा विस्फोट भई घाइते भएकाहरूलाई नजिकैको ईटा भट्टामा जलाएर मारेको अरोप लागेको थियो । रौटहट जिल्ला अदालतले २९ कार्त्तिक २०७६ मा आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशपछि आलमलाई नख्खु कारागारमा राखिएको छ ।

उच्च अदालतमा आलम पक्षका कानुन ब्यवसायी वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरु सुधीरकुमार कर्ण, रामेश्वर सेढाई र विनय सिंहले बहस गरेका थिए ।

पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता युवराज संगौला, पुष्पराज पौडेल र किशोर विष्टले बहस गरेका थिए ।

Write your Comment