नेपाल प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त

२०७६ माघ २८, मंगलबार प्रकाशित

काठमाडौं २८ माघ
नेपाल प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । आज बेलुका बसेको मन्त्रीपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । निवर्तमान आईजीपी सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण आज घर फर्कनु भन्दा केही घण्टा अगाडि मात्र नेपाल प्रहरीले २७ औं आईजीपीमा ज्ञावलीलाई पाएको हो ।आज बाट नै वर्तमान आईजीपी खनाल लगायत ३ एआईजी र १८ डीआईजीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना हुने विशेष कार्यक्रमबाट बिदाइ गरिने भएको छ । प्रतिस्पर्धीहरुबीच नेतृत्वमा पुग्न अस्वस्थ प्रतिस्पर्धा नभएपछि हाल १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवाली निर्विकल्प आईजीपी बनेका हुन् ।

Write your Comment