घुस लिएको आरोपमा नवलपरासीका सहायक वन अधिकृत पक्राउ

२ फाल्गुन २०७६, शुक्रबार १२:२५ प्रकाशित

नवलपरासी, २ फागुन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व) मा कार्यरत सहायक वन अधिकृत र कार्यालय सहयोगीलाई बिहीबार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।

आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो। रासस

२ फाल्गुन २०७६, शुक्रबार १२:२५  मा प्रकाशित

Write your Comment