प्रेस सङ्गठन बाराको भेला सम्पन्न /दस बुँदे घोषणापत्र जारी

३ फाल्गुन २०७६, शनिबार २१:५७ प्रकाशित

बारा ३ फागुन
प्रेस सगठन नेपाल बाराको पहिलो जिल्ला भेला १० बुदे घोषणा पत्र जारी गर्दै आज बाराको कोल्भिमा सम्पन्न भएको छ । भेलाले नेपाली जनता र आन्दोलनको आवश्यकताका आधारमा दुई ठुला कम्युनिष्ट पार्टीको एकता हुनुलाई महत्व दिदै उकता प्रक्रियाको सवलीकरणकालागि सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ ।
राष्ट्रीय गौरवको आयोजनाको रुपमा रहेको र नेपालको बिकासको प्रस्थान बिन्दु निजगढको अन्तराष्ट्रिय बिमानस्थल, फास्टट्रयाक ,पथलैया बीरगंज ब्यापारीक राजमार्ग  र सेज जस्ता पूर्वाधार निर्माण छिटो गर्न समेत भेलाले माँग गरेको छ ।
नेकपा केन्द्रिय कमिटी सदस्य बलवीर चौधरीको  प्रमुख आतिथ्यतामा भएको सो कर्यक्रमम नेकपा केन्द्रिय कमिटी सदस्य अच्यूत  मैनाली, दिनेश राई, पुर्वमन्त्री पुरुषोत्तम पौडेल, जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, कोल्भी नपाका प्रमुख भरत भन्डारी , नेकपा प्रदेस २ कमिटी सदस्य कल्यानी चौधरी,नेकपाका नेता मनोज पौडेल नेपाल पत्रकार महासंघ बाराका संयोजक कमल कुमार उपाध्याय लगायतले भेला सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
सगठनका बारा सयोजक दिवाकर भन्डारीको अध्यक्षतामा भएको सो कर्यक्रममा सगठनका उपाध्यक्ष रामबाबु मेहताले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रदेस कमिटी सदस्य मनिता पाण्डेले कर्यक्रम सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा प्रेस संगठन बारा जिल्ला कमिटीका सदस्यहरुलाई नकेपाका नेता बलवीर चौधरीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो

३ फाल्गुन २०७६, शनिबार २१:५७  मा प्रकाशित

Write your Comment