अख्तियारद्वारा सार्वजनिक रुपमा रहेको मसानघाटको जग्गाको छानबिन सुरु

५ फाल्गुन २०७६, सोमबार १८:२८ प्रकाशित

बारा ५ फागुन
जितपुरसिमरा उप महानगरपालिका वडा नम्बर–४ मा सार्वजनिक जग्गाको रुपमारहेको मसानघाटलाई भू–माफियाले प्लटिङ गरी बेचेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
सिमरा ४ स्थित सार्वजनिक मसानघाटको जग्गा कानुन विपरित किर्ते गरी प्रोपर्टी म्यानेजमेन्ट प्रालिले प्लटिङ्ख गरी बेचिरहेको समाचार आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
आयोगले मसानघाट स्थलगत अवलोकन गर्नुका साथै मालपोत र नापी कार्यालय सिमराका कागजपत्र छानबिन गर्न थालेको हो ।
नापीसहित सहसचिवको टोलीले सम्बद्ध कार्यालयबाट प्रमाण संकलन, स्थलगत अवलोकन, र स्थानीयसँग रायसमेत लिएको छ ।
फिल्डबुक श्रेस्तामा स्पष्ट मसानघाट लेखिएकोे जीतपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किताको ६ बिघा ८ कठ्ठा जग्गा १६ टुक्रा बनाइ प्रोप्रर्टी म्यानेजमेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो ।
मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को उक्त जग्गा २०४७ साउन ३० गते नेपाल सरकारको ऐलानी श्रेस्ता बदर गरी भूमाफियाले किर्ते गरेर प्लटीङ्ख गरी बेचेका थिए ।
जिल्ला प्रशासन कार्यालय बारा र जितपुर सिमरा बडा नम्बर ४ को कार्यालयले समेत उक्त श्रेस्तालाई बदर गरी सार्वजनिक मसानघाट नै कायम गर्न आवश्यक प्रकिया अगाडी बढाएको छ ।
उद्योगपति तथा बिरगंज महानगरका मेयर बिजय सरावगी, एभरग्रिन तराई हस्पिटल, सुनिता अग्रवाल लगायतका नाममा र बाँकी जग्गा प्रोप्रर्टी म्यानेजमेन्ट प्रालिका संचालक इच्छाबहादुर बाग्लेको नाममा फिल्डबुकमा उ

५ फाल्गुन २०७६, सोमबार १८:२८  मा प्रकाशित

Write your Comment