वीरगञ्जमा बिहीबार साँझ ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । साँझ ६ बजे ड्राइपोर्ट परवानीपुर सडक खण्डको मधु आयल अगाडि ना ७ ख १५१२ नम्बरको ट्रकले बाटो क्रस गरिरहेका वीरगञ्ज महानगरपालिका-१७ अलौका ३० वर्षीय अनिल प्रसाद यादवलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका यादवको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको ट्राफिक प्रहरी हवल्दार मणिभूषण यादवले जानकारी दिए । ठक्कर दिने ट्रकका चालकलाई वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको छ । मृतक यादव महानगरले लगाएको सवारी करको रकम उठाउने काम गर्दै आएका थिए ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)