अफगानिस्तानको काबुलमा बन्दुकधारीले गोली चलाउँदा २७ को मृत्यु

२३ फाल्गुन २०७६, शुक्रबार १९:०१ प्रकाशित

काबुल :

अफगानिस्तानको राजधानी काबुलमा आयोजित एक समारोहमा शुक्रबार बन्धुकधारीले गोली चलाउँदा २७ जनाको मृत्यु भएको छ ।

काबुलमा अल्पसंख्यक समुदायका नेताको हत्याकको स्मृति सभामा आक्रमण भएको अफगानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहीदुल्लाह मायरले जानकारी दिएका छन् ।

उनले भने २७ जनाको शव फेला परेको छ भने घाइते २९ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल लगिएको संख्या बढ्‍नसक्‍ने उनको अनुमान छ ।

अफगानिस्तानका उच्च राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह उपस्थित समारोहमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । नेता अब्दुल्लाह अब्दुल्लाह भने सुरक्षित भएको बताइएको छ ।

ूएक्कासि एउटा रकेट जमिनमा ल्यान्ड गरेपछि एक्कासि आक्रमण सुरु भयो । तर, अब्दुल्लाहसहित सभामा सहभागी अन्य नेताहरु भने भागेर ज्यान जोगाएका थिए,अब्दुल्लाहका प्रवक्ता फरइदुन क्‍वाजुनले रोयटर्सलाई बताएका छन् ।

अफगानी ब्रोडकास्टर टोलो न्युजले सार्वजनिका गरेका प्रत्यक्ष फुटेजहरुमा मानिसहर ज्यान जोगाउन भागिरहेका देखिन्थे । तालिबान समूहले भने उक्त आक्रमणको जिम्मा लिन अस्वीकार गरेको छ । सन् १९९५ मा हजारा समूहका नेता अब्दुल अलि मजारीको हत्या गरिएको थियो । उनको स्मृति सभा आज राजधानी काबुलमा आयोजना गरिएको थियो ।

यसअघि बुधबार भएको आक्रमणमा पनि १९ अफगानी सेना मारिएको अफगानी अधिकारीहरुले बताएका थिए । अमेरिका र तालिबान समूहबीच शान्ति सम्झौता भएको एक सातामा यस्ता आक्रमणका घटनाहरु भएका हुन् ।

सम्झौता अनुसार तालिबान समूहले अफगानिस्ताको युद्ध अन्त्य गर्ने उद्देश्‍य लिइएको थियो भने अमेरिकी सेना १४ महिनाभित्र फिर्ता भइसक्नुपर्ने बताइएको थियो ।

२३ फाल्गुन २०७६, शुक्रबार १९:०१  मा प्रकाशित

Write your Comment