नेकपाका नेता एवं जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले प्रदेश नम्बर २ को राजधानी बिरगंजलाई बनाउनुपर्ने माग गर्नुभएको छ । प्रदेश सदस्यहरूले यस विषयमा समयमै नसोचे जनता ले नछोड्ने चेतावनी समेत उहाँले दिनुभएको छ। बारा,पर्सा र रौतहटबाट जितेर गएका प्रदेश सभा सदस्यले आफ्नो मत वीरगंज राजधानीको पक्षमा हाल्नुपर्ने उहाँको भनाइ छ। यदि त्यस्तो नभए तीन जिल्लालाई प्रदेश नं ३ मा जनताले मिलाउने चेतावनी समेत दिनुभएको छ ।संघीयता जनताको सहजताको लागि हो,असहजता र दुख दिनको लागि होइन,वीरगंज राजधानी भयो भने बारा पर्सा र रौतहटका जनताले मान्ने अन्यथा प्रदेश नं ३ सँग जोड्नुपर्ने उहाँको भनाइ छ । अब पनि सामन्ती सोचका साथ अगाडि बढ्ने हो भने जनता चुपलागेर नबस्ने उहाँको भनाइ छ । प्रदेश नं २ ले आजै प्रदेशको नाम र राजधानीको बारेमा टुंगो लगाउँदैछ । प्रदेश नं २ को राजधानी र नामको बारेमा निर्णय गर्ने भएपछि सरोकार समितिका संयोजक पौडेलको यस्तो अभिव्यक्ति आएको हो ।