बाराको जितपुरसिमरामा कोरोना अस्थायी उपचार केन्द्र निर्माण गरिने

७ चैत्र २०७६, शुक्रबार १७:२३ प्रकाशित

बारा ७ चैत्र
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा मा कोरोना अस्थायी उपचार केन्द्र निर्माण हुने भएको छ । जितपुर सिमरा भित्र रहेका भवनहरूको अध्ययन गरी प्राविधिक रूपमा तराई आयातको दक्षिणपट्टी रहेको जाली फ्याक्ट्रीको भवनमा तत्काल २५ सैया र आवश्यकताअनुसार ५ सय शैया सम्मको बिस्तार गर्न सकिने गरी उपचार केन्द्र निर्माण गर्ने तयारी भइरहेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाको अगुवाइमा नेपाली सेना अमलेखगंज, इलाका प्रशासन कार्यालय सिमरा, नेपाल प्रहरी,सशस्त्र प्रहरीको प्रबिधी को सहयोगमा सो उपचार केन्द्र निर्माण हुन लागेको उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो । उपचार केन्द्र निर्माणका लागि सरोकारवालाहरूको बैठक समेत सम्पन्न भएको छ । नगर प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा इलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे,नेकपा केन्द्रीय सदस्य दिनेश राई, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ ,इलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोविन्द पुरी,नेपाली सेनाका डा मनिस यादब,जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल,जीतपुरका पूर्व गाविस अध्यक्ष देवनारायण चौधरी,सिमराका पूर्व गाविस अध्यक्ष भोला अधिकारी,नेकपाका नेता कृष्ण खनाल,जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ का अध्यक्ष हिरा गुरुङ,२ का अध्यक्ष तिलक श्रेष्ठ,सिमरा खानेपानीका अध्यक्ष कासिम हुसेन,कार्यपालिका सदस्यहरु सुभद्रा न्याैपाने,शोभा कार्की,जितपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष संजय साह,होटल तथा पर्यटन ब्यबसायि सघ प्रदेश नं २ का अध्यक्ष मोहन सर्मा लगायतको सहभागिता रहेको थियो ।

बैठकले ३ दिन भित्र कोरोना उपचार केन्द्र तयार गर्ने निर्णय गरेको छ । त्यसकालागि भोलि चैत्र ८ गते बिहान साढे ६ बजे उपचार केन्द्र निर्माण स्थल सिमराको सरसफाई गर्ने र आवश्यक उपकरण र सामग्रीहरूको व्यवस्थापन गर्ने समेत जिम्मेवारी दिएको छ ।

७ चैत्र २०७६, शुक्रबार १७:२३  मा प्रकाशित

Write your Comment