संक्रमित गायिका कनिका कपुरलाई भेटेपछि भारतका राष्ट्रपति र सान्सद कोरोना बाट चिन्तित

७ चैत्र २०७६, शुक्रबार २१:१४ प्रकाशित

नयाँदिल्ली :
बलिउड गाईका कनिका कपुरले कोरोना संक्रमण लागेको भन्दै पोस्ट गरेपछि केही भारतीय राजनीतिज्ञहरु समेत चिन्तित बनेका छन् ।
गायिका कनिका केही दिनअघि लखनौमा उपस्थित भएको एक डिनरमा उपस्थित भएका राजनीतिज्ञहरु त्रसित बनेका हुन् । राष्ट्रपति रामनाथ कोविन्दले हालै आफ्ना सबै भेटघाट रोकेका छन् । कोरोना लागेको आशंका गरिएकी सांसद बसुन्धरा राजेसँग उनले भेट गरेकाले राष्ट्रपतिले थप भेटघाट रोकेका हुन् ।
जब कि, राजे र उनको छोरा कनिका उपस्थित भएको डिनरमा उपस्थित भएका थिए । भाजपाकी सांसद बसुन्धरा र उनका छोरा दुश्यन्त सिंह उक्त डिनरमा सहभागी थिए । जो अहिले ‘सेल्फ क्वारेन्टाइन’मा बस्न थालेका छन् ।
उनीहरुसँगै उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जय प्रताप सिंह समेत उक्त डिनरमा थिए । राजस्थानकी पूर्व मुख्यमन्त्री राजेका छोरा दुश्यन्तले गत बुधबार मात्रै राष्ट्रपति कोविन्दलाई भेटेका थिए ।
यस्तै पूर्व मन्त्री अनुप्रीया पटेल र कंग्रेस नेता जितिन प्रसाद र दीपिन्दर हुडा समेत सेल्फ क्वारेन्टाइनमा छन् ।
४१ वर्षीया कनिका कपुर बेलायतबाट फर्केपछि संक्रमित भएको पुष्टि भएको छ । उनी लखनउ पुगेकी थिइन् । जहाँ २ सय जति पाहुना भएको डिनरमा सहभागी भइन् । तर त्यसबेला आफ्नो बिसन्चो बारे केही उल्लेख गरेकी थिइनन् । भारतमा हालसम्म २ सय २३ संक्रमित छन् । चारजनाको मृत्यु भइसकेको छ ।
कनिका कपुरको microbiological report

७ चैत्र २०७६, शुक्रबार २१:१४  मा प्रकाशित

Write your Comment