चैत २१ गतेसम्म जितपुरसिमरा उपमहानगरलाई `लकडाउन´ गर्ने निर्णय।

१० चैत्र २०७६, सोमबार १५:०४ प्रकाशित

जीतपुरसिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको आकस्मिक बैठक आज सम्पन्न भएको छ । बैठकले चैत्र २१ गतेसम्मलाई उपमहानगरपालिकालाई लक डाउन गर्ने निर्णय गरेको छ । त्यसका साथै सिमरामा स्थापना गर्न लागेको १०० सैयाको कोरोना अस्थायी अस्पतालका लागि ५० लाख रुपैयाँको विपत व्यवस्थापन कोष खडा गर्ने निर्णय गरेको छ । बैठकले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन नगरवासीलाई आह्वान गर्नुका साथै सचेतनामुलक कार्यक्रम जारी राख्ने निर्णय गरेको नगर उपप्रमुख सरस्वती देवी चौधरीले जानकारी दिनुभयो । बैठक नगरप्रमुख कृष्ण पौडेलको अध्यक्षतामा बसेको थियो ।

१० चैत्र २०७६, सोमबार १५:०४  मा प्रकाशित

Write your Comment