भारतको राजधानी दिल्लीमा एउटै अपार्टमेन्टका ९ सय जना क्वारेन्टाइनमा

१३ चैत्र २०७६, बिहीबार १३:०४ प्रकाशित

दिल्ली एजेन्सी

दिल्लीमा एकैपटक ९सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । साउदी अरब बाट आएकी एक कोरोना संक्रमित महिलालाई चेकजाँच गर्ने डाक्टरको माध्यमबाट संक्रमण हुन सक्ने आशंकामा दिल्लीमा एउटै अपार्टमेन्टमा बस्ने ९ सय जनालाई क्वारेन्टाइमा राख्ने निर्णय गरिएको छ । दिल्लीका बरिष्ठ डा. गोपाल झा साउदीबाट संक्रमित भएर आएकी महिलालाई चेकजाँच गरेको र त्यसपछि दिल्लीको एउटा अपार्टमेन्ट रहेका लाई चेकजाँच गर्ने गरेको बताइएको छ । डाक्टर डा झामा Covid-19 पोजेटिभ देखिएको छ । त्यसलगत्तै  सो अपार्टमेन्टका ९ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

१३ चैत्र २०७६, बिहीबार १३:०४  मा प्रकाशित

Write your Comment