भयावह इटलीको अवस्था: सिने कलाकार लुकाको बहिनीको अन्तिम संस्कार गर्न सघाउने कोही भएन

१३ चैत्र २०७६, बिहीबार १८:२९ प्रकाशित

आर्थिक रुपले सम्पन्न मध्येको मुलुक इटाली Covid-19 कारण मर्नेको संख्या सबैभन्दा बढी रहेको छ भने संक्रमितको संख्या पनि त्यहीअवस्थामा रहेको छ । त्यहाँका प्रधानमन्त्रीले हात उठाई सकेको अवस्था छ । इटलीमा मृतकको सबलाई अन्तिम संस्कार गरीदिन समेत कोहि तयार छैनन । यस्तो आपतकालको अवस्थामा एकजना फिल्म स्टार लुका फ्रान्जेसले भावुक हुँदै आफ्नी बहिनीको मृत्युमा कसैले सहयोग नगरेको दुखेसो गरेका छन् उनले भनेका छन् “मैले भन्ने जति सबैलाई भने ईटालीको प्रशासनलाई भने आफ्ना छर छिमेक इष्टमित्रलाई भने कसैले पनि मलाई साथ दिएनन, मलाइ संक्रमण भएको छ कि छैन भनेर चेक गर्ने पनि कोहि छैन,इटली सरकारले समेत मेरो साथ छोडेको छ उनले आफ्नो बहिनिको लास तर्फ देखाउँदै रुँदै यो कुरा भनेका छन्, मेरो बैनीकोअन्तीम संस्कार गर्न सकिरहेको छैन जस्को उ हक्दार छे । लुकाले इटलीको चर्चित स्कुल्लुसगवा टिभीमा कोरोना भाइरस रोकथाम सम्बन्धी इन्टरभ्यु समेत दिएका थिए ।इटली एउटा विकशित आर्थिक रुपले सम्पन्न देश भएतापनि कोरोनाभाइरसका कारण अहिले क्षत बिक्षत भएको छ । त्यहाँ अहिले मृतकको लास उठाइदिने मान्छे समेत छैन । आफ्नाले संक्रमणको दरले लास लाई छोएर रुन पनि सकेका छैनन् ।आजभन्दा केही समयअगाडि जुनबेला चाइना को वुवानमा कोरोनाभाइरस तिब्ररुपमा फैलिरहदा इटलीमा भने संक्रमण सुरु मात्र भएको थियो । इटलीले समयमा नै सजगता न अपनाएका कारण अवश्था भयावह बनेको छ । यसबाट नेपालले पाठ सिक्नु पर्ने आवश्यकता छ किनकि नेपालमा पूर्वाधार पनि छैन सुबिधा सम्पन्न अस्पताल पनि छैन,औषधिहरु पनि छैन । त्यसकारणले गर्दा अहिले सरकारले एकबाट अर्कोमा सर्ने संक्रमण रोक्नका लागि घोषणा गरेको लक डाउन पूर्णरूपमा सफल पार्न जरुरी छ । यो कुनै पार्टी ले आयोजना गरेको कार्यक्रम होइन । कोरोना भाइरस आफैमा आउँदैन हामी बोलाउन जाने हो ।
१३ चैत्र २०७६, बिहीबार १८:२९  मा प्रकाशित

Write your Comment