चिनियाँ राष्ट्रपति सि र अमेरिकाका राष्ट्रपति ट्रम्प बीच टेलिफोन वार्ता

१४ चैत्र २०७६, शुक्रबार १३:०२ प्रकाशित

चैत १४
चिनियाँ समकक्षी सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तापछि यसअघि कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै आएका ट्रम्पको बोली फेरिएको छ ।
अमेरिकी समयअनुसार बिहीबार बेलुका भएको फोन वार्तामा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच कोरोना भाइरस महामारी नियन्त्रणबारे कुराकानी भएको थियो ।
वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘चीनले धेरै पार गरिसकेको छ र भाइरसलाई राम्रोसँग बुझिसकेको छ । हामी एकअर्कासँग नजिक रही काम गर्नेछौं । उच्च सम्मान छ ।’
ट्रम्पको यो अभिव्यक्तिलाई कूटनीतिक आलोचकहरूले चीनसँग सम्बन्ध सुधारको प्रयास भनेका छन् ।
कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस विश्वको साझा शत्रु भएकाले यससँग लड्न अन्तर्राष्ट्रिय पहल मजबुत बनाउनुपर्ने बताएका छन् ।

१४ चैत्र २०७६, शुक्रबार १३:०२  मा प्रकाशित

Write your Comment