ब्रिटेनका प्रधानमन्त्री जोनसन र राज कुमार चार्ल्समा कोरोना संक्रमण

१५ चैत्र २०७६, शनिबार ११:०३ प्रकाशित

चीनको वुवानबाट सुरुभएको कोरोना भाइरस संक्रमणले विश्वलाई आक्रान्त बनाएको छ पछिल्लो तथ्यांक अनुसार युरोपेली राष्ट्रहरुमा बढी प्रभाव देखिएको छ । मर्नेहरूको संख्या इटलीमा अत्यधिक छ भने ब्रिटिश सरकारका प्रमुखलाई समेत संक्रमित बनाएको छ ।कोरोनाभाइरस बाट प्रधानमन्त्री बोरीस जनसन र राजकुमार चार्ल्स समेत संक्रमित भएका छन्
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग बोरिस जोनसनले जनाएको छ।
जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्। प्रधानमन्त्री जनसनले ट्विट गर्दै आफूलाई कोभिड-१९ पोजिटिभ भएको उल्लेख गरेका छन् ।

“इङ्गल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस ह्विटीको सल्लाहमा उनको कोरोनाभाइरस परीक्षण गरिएको थियो,” प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा भनिएको छ।
बिरामी भए पनि उनले नै सरकारको नेतृत्व गरेर यो विपत्‌को सामना गर्ने विज्ञप्तिमा बताइएको छ।

ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ।
एकहत्तर वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको तर उनको स्वास्थ्यावस्था राम्रो भएको एक प्रवक्ताले बताएका छन्।
उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ। तर उनमा भाइरस भएको देखिएन।
चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ।
केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका “कसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भव” नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ।

१५ चैत्र २०७६, शनिबार ११:०३  मा प्रकाशित

Write your Comment