लकडाउनको समय थप्ने उच्चस्तरीय समितिको निर्णय

१६ चैत्र २०७६, आईतवार १६:१५ प्रकाशित

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च्स्तरीय समितिले हाल जारी लकडानको समय थप्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले लकडाउन कम्तीमा ७ देखि बढीमा १४ दिनसम्म थप्ने निर्णय गरेको हो ।आजै बस्ने मन्त्रिपरिषद बैठकले समितिको निर्णयबारे अनुमोदन गर्ने बुझिएको छ ।

त्यसैगरी समितिले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गर्नुभएको थिए ।

१६ चैत्र २०७६, आईतवार १६:१५  मा प्रकाशित

Write your Comment