स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको छैन/भ्रम सिर्जना नगरौ-महानिर्देशक डा.श्रेष्ठ

१६ चैत्र २०७६, आईतवार १७:४३ प्रकाशित

स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले मन्त्रालयले खरिद गरेको स्वास्थ्य सामग्रीमा कुनैपनि भ्रष्टाचार नभएको दाबी गर्नुभएको छ ।उहाँले PPE लगायतका सामग्री खरिदमा अन्य ठाउँमा भन्सदा सस्तोमा खरिद गरिएको बताउनुभयो । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक श्रेष्ठले सामग्री खरिदको विषयलाई अतिरन्जित गर्दै भ्रम सिर्जना नगर्न आग्रह समेत गर्नुभयो ,अहिले स्वास्थ्य सम्बन्धी सामाग्रीहरु कहि पाइरहेको अवस्था छैन हामीलाई तीन घण्टा भित्रमा खरिद प्रक्रिया पुरा गर्नु थियो उहाँले भन्नुभयो । यसका साथै चीन लगायत विभिन्न संघसंस्थाले समेत स्वास्थ्य सामग्री सहयोग गरेको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका बिरामीको नमूना संकलन भएको र रिपोर्ट अहिलेसम्म  नआएको मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिनुभयो ।

१६ चैत्र २०७६, आईतवार १७:४३  मा प्रकाशित

Write your Comment