काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका भित्रका ६ वटा र सातवटै प्रदेशमा कोरोना सम्बन्धित उपचारका अस्पताल तोकेको छ ।मन्त्रालयले सूचना जारी गर्दै उपत्यका भित्र ६ वटा र उपत्यका बाहिर ७ वटै प्रदेशका १४ सहित २० वटा अस्पताल र डाक्टरको नम्बर सहित सार्वजनिक गरेको छ उपत्यका भित्र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल रहेको छ ।
यस्तै उपत्यका बाहिर प्रदेश १ मा मेची र उदयपुर अस्पताल, प्रदेश २ मा जनकपु्र र बारा अस्पताल, बाग्मती प्रदेशमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोरखा अस्पताल रहेका छन् । यस्तै प्रदेश ५ मा लुम्बिनी र तम्घास अस्पताल, कर्णालि प्रदेशमा सुर्खेत र दैलेख अस्पताल र सुदुर पश्चिम प्रदेशको सेती र महाकाली अस्पताल रहेको छ ।
नाम यसप्रकार छन् ।
१. प्रदेश १
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अञ्चल अस्पताल र मेची अञ्चल अस्पताल ।
२. प्रदेश २
गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, जनकपुर अञ्चल अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल ।
३. बागमती प्रदेश
त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, श्री वीरेन्द्र अस्पताल, भरतपुर अस्पताल र धुलिखेल अस्पताल।
४. गण्डकी प्रदेश
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अञ्चल अस्पताल ।
५. प्रदेश ५
भेरी प्रादेशिक अस्पताल, लुम्बिनी अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल ।
६. कर्णाली प्रदेश
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेत ।
७. सुदुरपश्चिम प्रदेश
महाकाली अञ्चल अस्पताल र सेती अञ्चल अस्पताल ।
सरकारले जिल्ला अन्तर्गतको कुल ६० अस्पतालमा पनि कोरोना संक्रमितको उपचारको लागि व्यवस्था गरेको छ । प्रदेश अन्तर्गत रहेका जिल्ला स्तरीय अस्पतालहरुको सूची :
१. प्रदेश १ जिल्ला स्तरीय अस्पताल — संख्या १३
ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, धनकुटा अस्पताल, भोजपुर अस्पताल, पाँचथर अस्पताल, इलाम अस्पताल, ओखलढुंगा अस्पताल, सोलुखुम्बु अस्पताल, खोटाङ अस्पताल, उदयपुर अस्पताल, झापा अस्पताल र सुनसरी अस्पताल ।
२. प्रदेश २ जिल्ला स्तरीय अस्पताल — संख्या ५
सिरहा अस्पताल, जलेश्वर अस्पताल, सर्लाही अस्पताल, कलैया अस्पताल र रौतहट अस्पताल ।
३. बागमती प्रदेश स्तरीय अस्पताल — संख्या १०
सिन्धुपाल्चोक अस्पताल, काभ्रे अस्पताल, दोलखा अस्पताल, रामेछाप अस्पताल, सिन्धुली अस्पताल, हेटौडा प्रादेशिक अस्पताल, धादिङ अस्पताल, नवलपरासी अस्पताल, त्रिशुली अस्पताल र रसुवा अस्पताल ।
४. गण्डकी प्रदेश जिल्ला स्तरीय अस्पताल — संख्या १०
बागलुङ अस्पताल, गोर्खा अस्पताल, लमजुङ अस्पताल, मनाङ अस्पताल, म्याग्दी अस्पताल, मुस्ताङ अस्पताल, नवलपुर अस्पताल, पर्वत अस्पताल, स्याङजा अस्पताल र तनहुँ अस्पताल ।
५. प्रदेश ५ जिल्ला स्तरीय अस्पताल — संख्या ९
कपिलवस्तु अस्पताल, नवोलपरासी अस्पताल, अर्घाखाँची अस्पताल, गुल्मी अस्पताल, पाल्पा अस्पताल, दाङ अस्पताल, प्युठान अस्पताल, रोल्पा अस्पताल र बर्दिया अस्पताल।
६. कर्णाली प्रदेश जिल्ला स्तरीय अस्पताल — संख्या ८
दैलेख अस्पताल, डोल्पा अस्पताल, हुम्ला अस्पताल, जाजरकोट अस्पताल, कालिकोट अस्पताल, मुगु अस्पताल, रुकुम अस्पताल र सल्यान अस्पताल ।
७. सुदुरपश्चिम प्रदेश जिल्ला स्तरीय अस्पताल — संख्या ८
अछाम अस्पताल, बैतडी अस्पताल, बझाङ अस्पताल, बाजुरा अस्पताल, डडेल्धुरा अस्पताल, दार्चुला अस्पताल, डोटी अस्पताल र टिकापुर अस्पताल ।
सरकारले केन्द्रीय, प्रादेशिक र जिल्ला स्तरीय अस्पताल सहित विभिन्न मेडिकल कलेजमा पनि उपचारको व्यवस्था गरेको छ । जसमा निजी अस्पताल पनि परेका छन् । सरकारी र नीजि गरी २० मेडिकल कलेज यस अन्तर्गत पर्दछ । यसको सूची:
१. बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
२. बिराट मेडीकल कलेज
३. चितवन मेडीकल कलेज
४. कलेज अफ मेडिकल साइन्सेस, चितवन
५. गण्डकी मेडीकल कलेज, पोखरा
६. जानकी मेडिकल कलेज
७. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
८. काठमाडौं मेडिकल कलेज
९. किस्ट मेडिकल कलेज
१०. केयु धुलिखेल अस्पताल
११. लुम्बिनी मेडीकल कलेज
१२. मणिपाल मेडिकल कलेज, पोखरा
१३. नेशनल मेडीकल कजेल, वीरगञ्ज
१४. नेपालगञ्ज मेडीकल कलेज
१५. नोबेल मेडीकल कलेज
१६. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
१७. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
१९. त्रिवि शिक्षण अस्पताल
२०. युनिभर्सल कलेज अफ मेडिकल साइन्स ।