सामग्री खरिद गर्ने संझौता रद्द गरिएको छ- महानिर्देशक श्रेष्ठ

१९ चैत्र २०७६, बुधबार १६:५१ प्रकाशित

काठमाडौं१९ चैत्र
सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ ।स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताए ।उनकाअनुसार यो समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन सकेन भने भोलि दोस्रो खेप पनि ल्याउन नसक्ने भयो । यो समूहले कहिले ल्याउँछु पनि नभनेकाले रद्द गर्नु परेको श्रेष्ठले बताए ।उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए ।

१९ चैत्र २०७६, बुधबार १६:५१  मा प्रकाशित

Write your Comment