लकडाउनमा कडाइ : एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तह जान नपाइने

२२ चैत्र २०७६, शनिबार २०:४७ प्रकाशित

काठमाडौँ

सरकारले कोरोना भाइरस(कोभिड–१९ं) को संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि लकडाउनमा थप कडाइ गर्ने भएको छ ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आवागमनमा थप नियन्त्रण गर्दै लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा नियन्त्रण गरिने बताउनुभयो ।

२२ चैत्र २०७६, शनिबार २०:४७  मा प्रकाशित

Write your Comment