कोभिड-१९बाट हालसम्म विश्वभर मर्नेको संख्या ६९ हजार नाघ्यो/ अमेरीका,स्पेन र इटलीमा घट्यो प्रभाव

२४ चैत्र २०७६, सोमबार १६:२६ प्रकाशित

काठमाडौँ२४ चैत्र

चीनपछि महामारीको जस्तै रुप लिएको इटली, स्पेन, फ्रान्स र अमेरिकामा पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमण र ज्यान गुमाउनेको संख्या घटेको छ ।

अघिल्लो दिन अमेरिकामा १३३१, स्पेनमा ७४९, इटली ६८१, फ्रान्स १०५३, यूकेमा ७०८ जनाको ज्यान गएको थियो । पछिल्लो २४ घण्टामा अमेरिकामा ११६५, स्पेनमा ६९४, इटलीमा ५२५, फ्रान्समा ५१८ र यूकेमा ६२८ जनाको ज्यान गएको छ । हालसम्म अमेरिकामा ९हजार६ सय ४३ जना, स्पेनमा १३ हजार ५५ जना,इटलीमा १५ हजार ८ सय ८७, यूकेमा ४हजार ९ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

२४ घण्टामा विश्वभर कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या पनि घटेको छ। २४ घण्टामा विश्वभर ७१ हजार ४ सय ८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने ४ हजार ७ सय ३७ जनाले ज्यान गुमाएका छन् । अघिल्लो दिन ८४ हजार ८ सय जना नयाँ संक्रमित थपिएका थिए । र, ५ हजार ८ सय १ जनाले ज्यान गुमाएका थिए ।

हालसम्म विश्वका २०८ देशमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमणबाट ६९ हजार ५ सय बढीको ज्यान गएको छ ।

यो समाचार तयार पार्दा सम्म प्राप्त जानकारी अनुसार विश्वभर १२ लाख ७६ हजार ३सय २ जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । जसमध्ये ६९ हजार ४ सय २७ जना मानिसको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संक्रमित मध्ये २ लाख ६४हजार ४८ जना भने उपचारपछि घर फर्किएका छन् ।

२४ चैत्र २०७६, सोमबार १६:२६  मा प्रकाशित

Write your Comment