जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ द्वारा राहत वितरण

२७ चैत्र २०७६, बिहीबार १३:४५ प्रकाशित

बारा २७चैत्र
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौलमा बिपन्न,गरिव,असाहय र कृषि मजदुरहरुका लागि आज राहत वितरण गरिएको छ । वडा नम्बर ६ मा रहेका ३२५ घरधुरी लाइ राहत वितरण गरिएको वडा अध्यक्ष क्यामुदिन अन्सारीले बताउनुभयो । राहत प्याकेजमा ३० किलो चामल ५ किलो आलु, तीन किलो दाल साबुनलगायतका सामग्री रहेको उहाँले बताउनुभयो । बितरणका अवसरमा नेकपाका नेताहरु देवनारायण चौधरी,मनोज पौडेल,फजेलहक अंसारी, राजपाका केदार भक्त पौडेल,वडा सदस्य बुद्धकुमारी अधिकारी,प्र अ बिनोद मिश्र, सामुदायिक बनका कमरुल अंसारी,सञ्चारकर्मीहरु अनिल तिवारी,प्रदिप गौतम, मनोज साह, नेपालप्रहरी,सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

२७ चैत्र २०७६, बिहीबार १३:४५  मा प्रकाशित

Write your Comment