आफुलाई बदनाम गर्ने लाई कारबाही गर्न जालिम मियाँ द्वारा भारतीय महावाणिज्य दूतावास संग माग

२८ चैत्र २०७६, शुक्रबार १७:२० प्रकाशित

भारतीय सञ्चारमाध्यमहरुले पर्साको जगनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियामाथि भारतमा कोरोना भाईरस फैलाउन लागेको भन्ने आरोपको गाउँपालिकाका अध्यक्ष मियाले ठाडै अस्वीकार गर्नुभएको छ । उहाँले केही मिडिया र व्यक्तिले आफूमाथि षडयन्त्र  गरेर बद्नाम गर्न खोजेको बताउनुभएको छ । उहाले कामनाखबर संग कुरा गर्दै आफ्नो र नेपाल सरकारको बदनाम गर्नका लागि भारतीय केही मिडियाहरुले  कोरोना भाइरसको फेक्ट्री नै मैले चलाएको जस्तो गरी बदनाम गर्ने षड्यन्त्र गरीएको उल्लेख गर्नुभएको छ। अध्यक्ष मियाँले आजै यस विषयमा भारतीय महावाणिज्य दूतावास वीरगंजमा लिखित असहमति पत्र बुझाउँदै आफूलाई बदनाम गर्ने षडयन्त्र भएको सो षड्यन्त्र गर्नेमाथि कारबाही गर्न र आफुले कहीं पनि त्यस्तो कुनै कमी कमजोरी नगरेको  र भ्रम छर्नेहरुलाई प्रमाणित गरेर देखाउन समेत चुनौती दिनुभएको भयो  । उहाँले नेपाल र भारतवीचको रोटीबेटीको सम्बन्ध सदियौं देखि चल्दै आएको र त्यसलाई भाडन केही तत्व लागेको समेत आरोप लगाउनु भएको भयो ।

२८ चैत्र २०७६, शुक्रबार १७:२०  मा प्रकाशित

Write your Comment