कोरोना भाइरसबाट बिश्वभरीमा १ लाख ४५ हजारको मृत्यु/अमेरिकाकमा एकै दिन ४हजार ५सयको ज्यान गयो।

५ बैशाख २०७७, शुक्रबार १६:०३ प्रकाशित

कोरोना भाइरसबाट शुक्रबार अपरान्ह सम्म अमेरिकामा मृत्यु हुनेको संख्या ३४ हजार ७ सय ८४ पुगेको छ भने संक्रमित हुनेको संख्या ६ लाख ७० हजार ३ सय ५३ पुगेको छ। त्यस्तै ५५ हजार ९ सय ४७ जना निको भएका छन्। अमेरिकामा बितेको २४ घण्टामा ४ हजार ५ सयको मृत्यु भएको छ ।
अमेरिकापछि इटालीमा सबैभन्दा बढी २२ हजार १ सय ७० जनाको मृत्यु भएको छ। त्यस्तै कोरोना भाइरसको संक्रमणबाट स्पेनमा १९ हजार ५ सय १६, फ्रान्समा १७ हजार ९ सय ४१, बेलायतमा १३ हजार ७ सय ५९, इरानमा ४ हजार ८ सय ८९, बेल्जियममा ४ हजार ८ सय ५७, जर्मनीमा ४ हजार ५२,चीनमा पनि मृत्यु हुनेको संख्या ३ हजार ३ सय ४६ बाट बढेर ४ हजार ६ सय ३२ पुगेको छ यसलाई छुटेको डाटा चीनले भनेको छ ।त्सैगरी नेदरल्यान्ड्समा ३ हजार ३ सय २७ जनाको मृत्यु भएको छ।
यो समाचार तयार पार्दा सम्म बिहानसम्म विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५ सय ६८ रहेको छ। त्यस्तै संक्रमितको संख्या २१ लाख ५९ हजार पुग्दा करिब ५ लाख ४९हजार निको भएका छन्।

५ बैशाख २०७७, शुक्रबार १६:०३  मा प्रकाशित

Write your Comment