बाराको करैयामाई गाउँपालिकामा राहत बितरण सम्पन्न

१० बैशाख २०७७, बुधबार १३:०९ प्रकाशित

बारा १० बैशाख
करैयामाइ गाउँपालिकाले आफ्ना गाउँ पालिका भित्र रहेका असहाय,गरिब,दलित र विपन्न परिवारका ३ हजार १सय १५ घरधुरीलाई राहत वितरण गरेको छ । परिवारको संख्या हेरी चार जना सदस्य संख्या सम्मको  परिवार लाई २०किलो चामल र ४ चार जना भन्दा बढीको संख्याको परिवारलाई २५ किलो चामल सहित आलु ५ किलो, दाल २किलो, तेल १लीटर,नुन १ किलोको प्याकेज निर्माण गरेर वितरण गरिएको करैयामाइ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोले जानकारी दिनुभयो । गाउँपालिकाका आठ वटै वडामा राहत वितरण भइसकेको र वडा बाट सम्पूर्ण विवरण आइसकेको उहाँले बताउनुभयो ।
विवरणअनुसार ९४६ चार जनाको संख्याको परिवार र चार जना भन्दा बढीको २१६९ परिवार गरी जम्मा ३११५ घरधुरी लाइ राहत वितरण गरिएको गाउँपालिकाका प्रशासन शाखाका घनश्याम चौधरीले जानकारी दिनुभयो ।
गाउँपालिकाका सबै वडाहरुमा राहत वितरणमा आफूले निगरानी गरेको र सौहार्दपूर्ण वातावरणमा वितरण भएको गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले बताउनुभयो ।

१० बैशाख २०७७, बुधबार १३:०९  मा प्रकाशित

Write your Comment