समाजसेवी श्रेष्ठद्वारा राहत वितरण

१२ बैशाख २०७७, शुक्रबार १०:२८ प्रकाशित

काठमाडौं १२ बैशाख
नेपाल खेलकुद महासंघ काठमाडौंका सचिव समाजसेवी सफल श्रेष्ठको नेतृत्वमा पशुपति क्षेत्र भित्र रहेका असाय गरीबहरुका लागि रात सामग्री वितरण गरिएको छ । राहातमा चामल,दाल,तेल र चाउचाउ,बिस्कुट रहेको छ । त्यसैगरी काठमाडौँ क्षेत्र नं १ को प्रदेश सभा सदस्य गणेश दुलाल मार्फत उहाँको क्षेत्रका पीडितका लागि २५० पोका सनफ्लावर तेल पनि हस्तान्तरण गरिएको समाजसेवी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी काठमाडौंमा अड्किएर बसेकाहरुका लागि खाना तथा आफ्नो जिल्ला फर्किन चाहनेलाई पठाउने समेत व्यवस्थामा लागेको श्रेष्ठले जानकारी दिनुभयो ।

१२ बैशाख २०७७, शुक्रबार १०:२८  मा प्रकाशित

Write your Comment