सिमरामा रहेको कोरोना अस्पताललाई १थान थर्मल गन र ५ पिस पिपिइ सेट हस्तान्तरण

२० बैशाख २०७७, शनिबार १६:१८ प्रकाशित

बाराको सिमरामा रहेको अस्थायी कोरोना अस्पतालका लागि प्रदेश सरकारले आज एक थान थर्मल गन र पाँच थान पिपिइ सेट उपलब्ध गराएको छ ।प्रदेशसभाका सदस्य सुन्दर बि क र सिता गुरुङको पहलमा सरकारका पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले एक समारोहका बीच अस्पतालका अध्यक्ष तथा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेललाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । यसअघि एकथान थर्मल गन र १० पिस पिपिइ सेट उपलब्ध आफुले उपलब्ध गराएको प्रदेशसभा सदस्य सुन्दर विकले जानकारी दिनुभयो ।

२० बैशाख २०७७, शनिबार १६:१८  मा प्रकाशित

Write your Comment