नेकपा स्थायी कमिटीको बैठक बैशाख २५ गते बोलाउने निर्णय/तेस्रो अध्यक्ष बन्न नेपालद्वारा अस्वीकार

२० बैशाख २०७७, शनिबार २१:१५ प्रकाशित

काठमाडौं २० बैशाख 
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।
शनिबार साँझ बसेको सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने र उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउन पहल गर्ने  निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्रो अध्यक्ष बन्न वरिष्ठ नेता माधव कुमार नेपाललाई आग्रह गर्नुभएको र सो प्रस्तावलाई नेपालले अस्वीकार गर्नुभएको छ ।

२० बैशाख २०७७, शनिबार २१:१५  मा प्रकाशित

Write your Comment