बिहानै सात जनामा कोरोना संक्रमण भएको पुष्टि /नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

२७ बैशाख २०७७, शनिबार ०८:३८ प्रकाशित

काठमाडौं २७ बैशाख
आजमात्रै सातजना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । ७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या नेपालमा १०९ पुगेको छ । आज संक्रमण देखिएकामा उदयपुर भुल्के निवासी १८,४५ र ६५ बर्षीय महिला रहेका छन भने कपिलवस्तु निवासी १७,१८र १८ वर्षीय पुरुष त्यसैगरी वीरगंज छपकैया निवासी ६२ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले केहीबेर अगाडि जनाएको छ ।

२७ बैशाख २०७७, शनिबार ०८:३८  मा प्रकाशित

Write your Comment